बिमा प्राधिकरण अध्यक्ष सरद ओझा निलम्बित

ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ – सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री सदस्य रहनु भएको छ ।

सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उहाँले अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । यो समितिलाई पनि उहाँको योग्यता र कार्यशैलीप्रति छानबिन गर्ने कार्यादेश दिइएको छ ।

सरकारले समिति गठन गरेसँगै ओझा स्वतः निलम्बित हुनुभएको छ ।

अख्तियारले फर्जी काजजात पेस गरेको जान्दाजान्दै के आधारमा नियुक्ति दिइएको हो भन्ने प्रश्न उठाएपछि छानविनका लागि सरकारले समिति गठन गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.