स्याङ्जामा बहु उपयोगी वनस्पति तिउरी लोप हुँदै

 स्याङ्जा –  साउन महिना सुरु हुनु पूर्व प्रत्येक घर आँगन तथा गमलाहरूमा ढकमक्क फुल्ने बहुरङ्गी  तिउरी फुल रोप्ने प्रचलन व्यापक रहेको थियो । विशेष गरी सुन्दरताको लागि लगाउने मेहन्दी र शरीरमा हुने घाउ खटिराको लागि अति उपयोगी तिउरी पछिल्लो समय बजारमा आएका तयारी मेहन्दी लगाउने चलन बढ्न थालेसँगै प्राकृतिक तिउरीको प्रयोग गर्ने परम्परा हराउँदै जान थालेको हो ।

साउनमा प्रशस्त मात्रामा तिउरी रोप्ने र हात हातमा मेहन्दी लगाउने चलन पछिल्लो समय  यो परम्परा हराउँदै जान थालेको छ । कुनै बेला स्याङ्जाका गाउँघरका प्रत्येक  आँगनका डिलमा ढकमक्क तिउरी फुलेको देखिन्थ्यो । प्रशस्त मात्रामा तिउरी रोप्ने र लगाउने चलन रहेको थियो । धार्मिक मान्यता अनुसार विशेष गरी लुतो फाल्ने र तिउरीलाई हातमा पिनेर लाउने परम्परा निकै पुरानो मानिन्छ ।

असार साउन महिनामा रोपाई गर्दा हिलोका कारण शरीरमा आउने विभिन्न प्रकारका रोग हटाउन साउन एक गते लुतो फाल्ने प्रचलन नेपाली समाजमा अझै कायम छ । यसो गर्दा सरिरमा घाउ खटिरा नआउने जनविश्वास छ । तिउरी बहुउपयोगि वनस्पति भएकाले जिल्लाको अधिकांश गाउँ बस्तीमा अझैपनी तिउरीको संरक्षण गरिएको छ । तर अहिलेका पुस्ताले भने तिउरीको साटो मेहन्दी लगाउने चलन बढ्दै जान थालेको छ ।

तिउरीका फूलहरू हल्का गुलाबी, रातो र सेतो रङ्गमा फुल्ने गर्दछन् र निकै सुन्दर देखिन्छ । नेपालमा पाइने झन्डै ५१ प्रकारका महत्त्वपूर्ण प्रजातिमध्ये तिउरीलाई पनि एक मानिन्छ ।   अन्यत्र यसको संरक्षण हुन छोडेपनी यसलाई जोगाउन र महत्वको बारेमा नयाँ पुस्तालाई जानकारी गराउने प्रयास गरिएको स्थानीय अगुवा बताउँछन् ।

समुद्री सतहदेखि १८सय देखि ३ हजार सम्मको उचाइमा सम्म यो बिरुवा राम्रोसँग फस्टाउने गर्दछ । यसको बहु उपयोगी गुणहरूको बारेमा अध्ययन अनुसन्धान गरी स्थानीय तहले समेत संरक्षण र उपयोग बढाउन सक्ने हो भने आयातित मेहन्दीलाई समेत रोक्न मद्दत पुग्ने थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.