बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँ नियुक्त

मकवानपुर- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बाँनिया बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार बाँनियालाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । बाँनियाले सोमबार नेपाली काँग्रेस र नेकपा एमालेका ६४ सांसदको समर्थन सहित मुख्यमन्त्री बन्नका लागी दाबी प्रदेश प्रमुख समक्ष पेश गर्नुभएको थियो । मुख्यमन्त्री बाँनियाको सपथ आजै साँझ हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
इन्द्रबहादुर बानियाँ को हुन् ?


२०७४ मंसिर २१ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. १ (ख) बाट प्रत्यक्ष निर्वाचित भई प्रदेशसभा प्रवेश गर्नुभयो। त्यसपछि २०७४ पौष ३ गते काँग्रेस बागमती प्रदेश संसदीयदलको नेतामा सर्वसम्मत रूपमा चयनहुनुभयो । २०७८ सालमंसिर २० गतेदेखि हालसम्म नेपाली काँग्रेस बागमती प्रदेश सभापति हुनुहुन्छ । बाँनिया २०७९ मंसिर ७ गते प्रदेश सभा सदस्यमा पुनःनिर्वाचित हुनुभयो । २०८२ साउन १४ गते उहाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीयदलको नेतामा निर्वाचित हुनुभयो ।

राजनीतिकजीवनसँगै उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील रहनुभएको छ। मकवानपुर उद्योग वाणिज्य संघ र मकवानपुर निर्माण व्यवसायी संघका सल्लाहकार, त्रिखण्डेश्वर महादेव संरक्षण तथापर्यटन विकास समितिको अध्यक्ष, मकवानपुर बहुमुखी क्याम्पसको कार्यसमिति सदस्य र छात्रवृत्ति समितिको संयोजकको जिम्मेवारी सम्हालि सक्नुभएको छ । बानियाँ स्पष्टविचार र खरो अभिव्यक्तिका लागि चिनिने नेता हुनुहुन्छ। आफ्नै दलका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याएर नेतृत्व परिवर्तन गराउन सफल बन्नु उहाँको राजनीतिक परिपक्वताको प्रमाण हो । संगठन निर्माण, जनसंपर्क र लोकतान्त्रिक अभ्यासमा उहाँको पकड बलियो छ ।







प्रतिक्रिया राख्नुहोस्