पाल्पाका युवाले बनाए दुई सिटे कार

पाल्पा- जिल्लाको बगनासकाली गाउँपालिका वडा नंम्बर ३ आर्यभञ्याङका युवा रोहित गहतराजले पेट्रोल कार बनाएका छन् ।

१६ वर्षीय युवा गहतराजले स्थानीय स्तरमै सामाग्री जुटाएर ५० किलोमिटरसम्म गुड्न सक्ने दुई सिटे कार बनाएका हुन । मोटरसाइकलको इञ्जिन जडान गरेर रोहित गहतराजले कार बनाएका हुन् ।

उक्त कारमा अपाची आरटी आर एक सय ६० सिसीको बाइकको इञ्जिन प्रयोग गरिएको छ । करिब एक लाख लागतमा दुई वर्ष लगाएर कार निर्माण गरिएको गहतराजले बताउनुभयो ।

आफैसँग रहेको केही बचत रकम र दाईको सहयोगमा कार निर्माणका लागि लगानी जुटाएको उहाँको भनाइ छ । तानसेनको बेथल इङलिस सेकेण्डरी स्कुलबाट (एसइइ) उतिर्ण रोहितले बि प्लस ल्याएर एसइइ उत्तिर्ण गरेका हुन् । निकट भविष्यमा कसैको सहयोग भएमा अन्य गाडी पनि बनाउने उनको लक्ष्य रहेको छ ।

स्थानिय सरकार बगनासकालि गाउँपालिका र वडा कार्यालयले भने सहयोग नगरेको कार निर्माता गहतराजको गुनासो छ । सरकारी तह र मनकारी दाताबाट केही रकम सहयोग भए व्यवस्थित कार बनाउने उनको लक्ष्य रहेके छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.