पङ्गेनीको नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ सहर’

काठमाडौँ – नेपाल सरकारका सहसचिव मनमाया पङ्गेनीको नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक भएको छ । पङ्गेनीकै शब्दमा तयार भएको उक्त गीतलाई दीपकराज विश्वकर्माले सङ्गीत दिनुभएको छ।
गीतको भिडियोमा मनमाया पङ्गेनी र शिव पङ्गेनीको अभिनय रहेको छ। शिव नेपाल टेलिभिजनमा क्यामरा पर्सनको रूपमा कार्यरत हुनुहुन्छ । गाउँदेखि सहर सम्मको परिवेशमा प्रस्तुत गरिएको यो तीजको गीत मनमाया पङ्गेनीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।






प्रतिक्रिया राख्नुहोस्