राप्ती राजमार्गको राम्री-कपुरकोट खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध

दाङ- दाङ-राप्ती राजमार्ग अन्तर्गत राम्री-कपुरकोट सडक खण्डमा गएराति गएको पहिरोका कारण यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय दाङका अनुसार राति खसेको पहिरो पन्छाउनका लागि डोजर परिचालन गरिएको छ र सडक यथासक्य छिटो खुलाउने प्रयास भइरहेको छ ।
केही दिनअघि पनि यही स्थानमा पहिरो खसेर यातायात बन्द भएको थियो । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको सडक डिभिजनका प्रमुख इञ्जिनियर दीपेन्द्र बहादुर विष्टले बताउनुभयो । उहाँले यात्रु र चालकलाई यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्