सुचारु भयो नारायणगढ–मुग्लिन सडकखण्ड

भरतपुर –  सुक्खा पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा माथिबाट ढुंगा सहितको पहिरो जाँदा आज बिहान सडक अवरुद्ध बनेको थियो ।

सडक डिभिजनबाट २ वटा यान्त्रिक उपकरणले पहिरो हटाई बिहान ८: १० बजे सवारी आवागमन दुवैतर्फ सुचारू भएको सुपरभाइजर ईश्वर क्षेत्री जानकारी दिनुभयो ।

क्षेत्रीले वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्नुहुन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.