धादिङमा हात्तीपाइले रोगका नयाँ विरामीहरुको सङ्ख्या बढ्दै

धादिङ –  त्रिपुरा सुन्दरी गाउँपालिकाको सल्यानटारमा बसोबास गर्ने कुमाल र दराई समुदायका मानिसहरुमादेखा परेको  हात्तीपाइले रोगको सङ्क्रमण पछिल्लो समय धादिङका अन्य स्थानीय तहहरूमा पनि भेटिएको छ । पछिल्लो समय हात्तीपाइलेका नयाँ बिरामीहरू नीलकण्ठ नगरपालिका, थाँक्रे र गल्छी गाउँपालिकामा भेटिएका हुन् ।
सरकाले वर्षौँदेखि हात्तीपाइले रोग निवारणका लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको भए पनि खासै प्रभावकारी नहुँदा यो रोगको संक्रमणका नयाँ बिरामीहरू पनि देखिएको हो ।
 पुराना रोगीहरू शारीरिक रूपमा अशक्त समेत बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ ।
नयाँ बिरामीहरू नीलकण्ठ नगरपालिका,त्रिपुरा सुन्दरी गाउँपालिका लगायत गल्छी र थाँक्रे गाउँपालिकामा थपिएका हुन् ।
चालु आर्थिक वर्षमा  ६० जना हात्ती पाइलेसँग मिल्दो जुल्द लक्ष्यणका नयाँ विरामीहरु भेटिएको धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मीले बताउनुभयो । मानिसहरुमा हात खुट्टालागएत शरीरका अङ्गहरू र जोर्नीहरू सुन्निने  जस्ता लक्षण देखा पर्ने गरेको बिरामीहरू भेटिएका हुन् ।
यस्ता लक्षणका विरामीहरु लामो समयसम्म निको नहुने  र बिस्तारै सुनिएका अङ्गहरूमा सङ्क्रमण समेत देखिन थालेको भनाई विरामीहरुको   छ ।
यो रोगको सङ्क्रमण भइसके पछि रोग  पूर्ण रूपमा  निको  नहुने र थप जटिलता आउन नदिनका लागी औषधी सेवन गर्नु पर्ने सुझाव दिँदै डाक्टर रेग्मीले सरकारले समेत हात्तीपाइले रोग निवारणका लागी विभिन्न कार्यक्रमहरू चलाउँदै आएको बताउनु भएको छ । यससंगै यो रोगको सङ्क्रमणबाट बच्न मुख्य उपाय भनेको वातावरणीय सरसफाई र  लामखुट्टेको टोकाइबाट बच्नु चिकित्सकहरुले सुझाव दिनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.