दिवंगत पितृको सम्झनामा शतबीज छरिंदै (भिडियो)

काठमाडौं- बालाचतुर्दशीका दिन आज बिहानै काठमाडौको पशुपतिनाथ लगायत देशभरका शिवालयमा दिवंगत पितृको सम्झनामा शतबीज छरिंदै छ ।

मार्गकृष्ण पक्षको चतुर्दशी अर्थात बालाचतुर्दशीको विहान परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीमा पाशुपत क्षेत्रको १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छरिन्छ ।

गएराति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन गरी रात बिताएपछि आज विहानै शतविज छरेर दिवगंत आत्माको मुक्तिको कामना गरिन्छ ।

धर्मग्रन्थका अनुसार शतबीजमा सय गेडा धान चढाउने भनिएपनि हिजोआज धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सप्तबीज छर्ने गरिन्छ । तर कोरोनाका कारण यसवर्ष पशुपति क्षेत्रमा मेला नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।-

https://youtu.be/ChFJIpTkTVM

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.