डुबान र कटान ले जोखिम बढे पछि उत्तर गया गाउँपालिकाको प्रशासनिक भवन अन्यत्र सर्‍यो 

रसुवा – रसुवामा असार २४ र साउन १४ गरी तीन साताको अवधिमा दुई ठुला बाढी आए सँगै ठुलो धन जनको क्षति हुन पुग्यो । सोही समयमा आएको बाढीले उत्तर गया पाँचको खाल्टे बगरमा रहेको उत्तर गया गाउँपालिकाको भवन पनि बाढीका कारण कार्यालय भवन सहित बस्ती जोखिममा परे पछि गाउँपालिकाले काम गर्दै आएको मुख्य प्रशासकीय भवन अन्ततः सर्नु परेको हो ।

चीनको तिब्बत क्षेत्रमा रहेको ल्हेन्दे खोलामा आएको आकस्मिक बाढीका कारण त्रिशूली नदीको किनारमा रहेको रसुवाको उत्तर गया गाउँपालिकाको प्रशासनिक भवन अन्यत्र सार्नु परेको हो ।

नदीको किनारमै रहेको भवनमा बाढीको बढ्दो प्रभावका कारण डुबान र कटान बढे पछि गाउँपालिकाले सेवाग्रहिहरुको सुरक्षाका लागि प्रशासकीय कार्यालय भवन सारिएको जनाएको छ ।

गत असार २४ र साउन १४ गते आएको बाढीका कारण कार्यालय परिसर मै नदी उक्ले पछि जोखिम बढेकाले पालिकाको भवन सार्ने निर्णय गरी तत्काल व्यक्तिको घर भाडामा लिई बेत्रावती नजिकै कैदलेटारमा सारिएको प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहालले बताउनुभयो । बाढी पहिरोको कारण उत्पन्न हुने जोखिम बाट सुरक्षित रही सेवा ग्राहीहरूलाई सेवा प्रवाह गर्न पनि पालिकाको प्रशासकीय केन्द्र सार्नु परेको उहाँको भनाई छ ।

त्रिशूली नदीको बहाबले डुबान र कटान बढे सँगै यस क्षेत्रका सयौँ घर टहराहरू जोखिम छन् ।

यसैबिच बाढीको उच्च जोखिममा रहेको खाल्टे बस्तीका बासिन्दालाई सचेत रहन र सुरक्षित स्थानमा बस्नलाई सम्बन्धित स्थानीय तहका पदाधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गर्दै आएको छ । तर भूकम्प बाट विस्थापित दुई सय भन्दा बढी परिवार भने सोही ठाउँमा बस्दै आएका छन् ।

वि।सं। २०७२ सालको भूकम्पपछि नेपाली सेनाले निर्माण गरेको अस्थायी आवासको प्रीफ्याक भवनमा त्रिशूली किनारमा रहेको अस्थायी टहरामा गाउँपालिकाले कार्यालय सञ्चालन गर्दै आएको थियो ।

बाढीबाट गोसाईंकुण्ड गाउँपालिका, आमाछोदिङ्मो गाउँपालिका, उत्तर गया गाउँपालिका र कालिका गाउँपालिकाका विभिन्न वडाहरू समेत प्रभावित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.