रूबी साहको मृत्युको घटनाका मुख्य आरोपितद्वारा आत्मदाहको प्रयास

रौतहट – हत्या गरेर बाटोमा  फालेको सुटकेसभित्र भेटिएकी माधव नारायण वडा नं ६ माधोपुर टोलकी ३० वर्षीय  रूबी कुमारी साहको मृत्युको घटनामा मुख्य आरोपित अभियुक्तले आत्मदाह गर्ने प्रयास गरेर गम्भीर घाइते अवस्थामा रहेको उनलाई थप उपचारका लागि अस्पताल पठाइएको छ।

सोही ठाउँका अभियुक्त लक्ष्मण पासवानले गाउँदेखि करिब पाँच सय मिटर पश्चिम नहरको छेउमा रहेको धान खेतमा आत्मदाहको गर्ने प्रयास गरेको डिएसपी राजु कर्की बताउनुभयो।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइते पासवानलाई उद्धार गरी गरुडामा रहेको  वेटर नेपाल अस्पतालमा पुर्‍याएको छ।

रुबीको हत्या गरेर फरार भएको आज पाँचौँ दिन आफ्नै पुर्ख्यौली गाउँमा पुगेर उनले गाउँदेखि पश्चिम नहरको छेउमा रहेको धान खेतमा जिउमा पेट्रोल खन्याएर आत्मदाह  गर्ने प्रयास गरेका थिए ।

आत्मदाहका कारण उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको गरुडा वेटर नेपालका सञ्चालक एवम्  डा. सुनिल साहले बताउनुभयो  । वेटर नेपाल अस्पतालमा प्रहरीले उद्धार गरी ल्याएका पासवानको टाउको, पेट र पछाडि को भाग पूर्ण रूपमा जलेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको डा साहले जनानकारी दिनुभयो।

प्रहरीका अनुसार रुबी र लक्ष्मण पूर्व प्रेमी प्रेमिका भएको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्याका मुख्य अभियुक्त पासवानले आफूले प्रेमिका रुबीको हत्या गरेको एक भिडियो मार्फत स्वीकार गरी सार्वजनिक गरेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.