दोलखाका सबै क्रसर उद्योगहरु बन्द (भिडियो)

दोलखा- दोलखामा सञ्चालित सबै क्रसर उद्योगहरु बन्द गरिएको छ । नदि किनारमा अवैध रुपमा प्राकृतिक स्रोत तथा नदिजन्य पदार्थ उत्खनन तथा निकासी बढेपछि ढुङगा गिट्टी बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन गर्न गठित जिल्ला अनुगमन समितीको बैठकले क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो ।

कालिञ्चोक गाउपालिकाको वडा नम्बर ७ स्थित कोशीखेतमा अवैध रुपमा बालुवा उत्खनन गर्ने केही सवारी साधनलाई इलाका प्रहरी कार्यलय सिंगटीले नियन्त्रणमा लिएको थियो ।

अवैध रुपमा बालुवा उत्खनन गरी नियन्त्रणमा लिएको व्याकलोडर र २ वटा ट्रिपरलाई जनही १ लाख र ३०/३० हजारका दरले जरिवाना गरिएको अनुगमन समितीका संयोजक डबल पाण्डेले बताउनुभयो ।

प्राकृतिक स्रोत तथा नदिजन्य पदार्थ उत्खनन एवम संकलन सम्बन्धी नियमन कार्यविधी २०७६ मा भएको व्यवस्था अनुसार जरिवाना गरिएको संयोजक पाण्डेले बताउनुभयो ।-

https://www.youtube.com/watch?v=PM-FSb_JdWE&feature=youtu.be

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.