पाल्पामा प्रथम दीक्षान्त समारोह, ३९ विद्यार्थी भए दीक्षित

पाल्पा- जिल्लाको प्राविधिक शिक्षालय पाल्पा टेक्निकल इन्स्टिच्युटले ३० औँ वार्षिक उत्सव तथा प्रथम दीक्षान्त समारोह मनाएको छ ।
इन्स्टिच्युटले एक भव्य समारोहकारबिच वार्षिक उत्सवसँगै दीक्षान्त समारोह मनाएको हो ।
कार्यक्रमको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्म जय तिमिल्सेनाले उद्घाटन गर्दै मन्त्री तिमिल्सेनाले शिक्षा,स्वास्थ्य क्षेत्रमा इन्स्टिच्युटले पु¥याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।
प्राविधिक शिक्षालाई लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा इन्स्टिच्युटका प्रिन्सिपल त्रिलोचन पौडेलले पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण बढ्दै गए पनि सरकारी नीतिका कारण प्राविधिक शिक्षालयहरू समस्यामा पर्ने गरेको गुनासो गर्नुभयो । इन्स्टिच्युटले सामान्य चिकित्सा ३ वर्षे, मेडिकल ल्याबा्रोटोरी टेक्नोलोजी ३ वर्षे, फिजियोथेरापी ३ वर्षे गरी तीन वटा कोर्स सञ्चालनमा रहेका छन् ।
दीक्षान्तमा सामान्य चिकित्सा एच ए पहिलो व्याजका ३९ जना विद्यार्थी दीक्षित भएका छन् । कार्यक्रममा पुरस्कार वितरण र योगदान गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्