पार्किङमा राखिएको डोजरमा आगजनी

स्याङ्जा- गएराति स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको डोजरमा आगोलागी भएको छ ।

लु १ क २६७४ नम्बरको जेसीबी जलेर पुर्ण रुपमा नष्ट भएको वडा नं ५ का वडा अध्यक्ष लोकेदार थापाले जानकारी दिनुभयो ।

सडक स्तारोन्नति र नयाँ ट्रयाक निर्माण गर्ने उदेश्यले गाउँपालिकाले वडा नं ५ मा उक्त डोजर पठाइएको थियो ।

कालीगण्डकी गाउँपालिकाको जैपतेदेखि गल्याङ नगरपालिकाको इलुङ्गासम्मको सडक स्तारोन्नती र जैपते , बिरडाँडा , धोला फोक्सिङ, करिकुवासम्मको नयाँ ट्रयाकको काम सकेर डोजर पार्किङमा राखिएको थियो ।

वडा नं ५ को रिप भन्ने स्थानमा पार्किङ गरिएको साधनमा अज्ञात समुहले आगजनी गरेको वडा अध्यक्ष थापाले बताउनुभएको छ।

विकास निर्माणमा अवरोध पुर्‍याउने उद्धेश्यले आगजनी गरिएको वडा अध्यक्ष थापाको भनाइ छ ।

करिव ८ बजे भएको घटना बारे अनुसन्धान भैरहेको वडा प्रहरी कर्यालय वालिङका प्रहरी निरिक्षक हरि पौडेलले बताउनुभएको छ ।

स्थानीयवासी , जनप्रतिनिधि र प्रहरीको सहयोगमा १० बजे आगो नियन्त्रणमा आएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.