पार्टी सभापतिले सम्मानजनक बहिर्गमन लिनुपर्छ महामन्त्री शर्मा

विशेष महाधिवेशनका लागि बारामा २५ जनाको हस्ताक्षर 

बारा – नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री विश्व प्रकाश शर्माले पार्टी सभापतिले सम्मानजनक बहिर्गमन लिनुपर्ने बताउनु भएको छ ।

बाराको कलैयामा  पार्टीको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सुधारको प्रयास पार्टीमा भईरहेपनि युवा पुस्तालाई जोड्न नसकेको उहाँले बताउनु भएको छ । पार्टी सभापति माथि भएको भौतिक आक्रमणको निन्दा गर्दै काँग्रेस पार्टीकै स्वास्थ्यलाई रूपान्तरण गर्नुपर्ने जरुरी भएको उहाँले बताउनु भएको छ । त्यसका लागि विशेष महाधिवेशनको माग पनि उठी रहेको बताउँदै छलफल गरेर विशेष महाधिबेशनकी समयमै महाधिवेशन केन्द्रीय समितिको आगामी केही दिनभित्र हुने बैठकले तय गर्ने महामन्त्री शर्माले बताउनु भएको छ । बाराका पार्टी सभापति राजेश राय यादवको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकर्ताहरूले पार्टीको आगामी दिशा बारे प्रश्न समेत गरेका थिए ।

महामन्त्री शर्माको आगमनसँगै बारामा पुस्तान्तरणको अभियान अन्तर्गत नेपाली काङ्ग्रेसमा विशेष महाधिवेशन मागका लागि आजै एकै दिन २५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

नेपाली काँग्रेस बाराका सचिव राजेश रौनियारका बारामा नेपाली काङ्ग्रेसमा विशेष महाधिवेशन मागका लागि हस्ताक्षर अभियान सुरु भएको हो । बारामा २५ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । कुल एक सय महाधिवेशन प्रतिनिधि रहेको बारामा करिब ५५ देखि ६० प्रतिशत हस्ताक्षर हुने अपेक्षा रहेको सचिव रौनियारले बताउनु भएको छ ।

हस्ताक्षर अभियानमा सचिव रौनियार सहित क्षेत्रीय सभापति बिजयशंकर यादव, महासमिति सदस्य रामानन्द यादव , श्यामबाबु गुप्ता, शरद चन्द भट्टराई लगायत सबैको साथ र सहयोगले बहुमत महासमिति सदस्यको हस्ताक्षर गराएर केही दिनमै बुझाउने र यो अभियान देश भरी भई रहेको उहाँको भनाई छ ।

नेपाली काँग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको पुस्तान्तरण र काँग्रेसको सुधारका लागि विशेष महाधिवेशनमा जानु पर्ने भनाई पछि हस्ताक्षर अभियान सुरु गरिएको सचिव रौनियारको भनाई छ ।

बारा क्षेत्र न ४ का सघिय महाधिवेशन प्रतिनिधि शरद चन्द्र भट्टराईले काङ्ग्रेसमा आमूल परिवर्तन नभएसम्म देश र जनता को भलो नहुने बताउँदै विशेष महाधिवेशन गरी पार्टीलाई बचाउनु पर्ने भएकोले हस्ताक्षर अभियानमा सरिक भएको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.