अर्थमन्त्री र जापानका राजदूत बीच शिष्टाचार भेट

काठमाडौँ – अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि मित्रराष्ट्र जापानका राजदुत महामहिम Mr. MAEDA Toru बीच अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भयो। उक्त अवसरमा अर्थमन्त्री खनाल र जापानी राजदुत बीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल-जापान बीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भयो।
उक्त छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनर्निर्माण लगायत आर्थिक सामाजिक विकासका कार्यहरुलाई निरन्तरता दिइने वताउनु भयो। उक्त अवसरमा निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत आयोजना लगायतका सहयोगका क्षेत्रहरु र निकट भविष्यमा सम्झौता हुन गइरहेको Koteshwor Intersection Improvement Project र Programme for Emergency Rehabilitation of Sindhuli Road (Flood Affected) समेतका विविध विषयमा कुराकानी भयो। उक्त वैठकमा अर्थ सचिव श्री घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह-सचिव श्री धनिराम शर्माको समेत उपस्थिति रहेको थियो।






प्रतिक्रिया राख्नुहोस्