नयाँ पुस्तामा मौलिकता बढाउन पाल्पाको सराय नाच बुटवलमा

पाल्पा- पाल्पा जिल्लाका गाउँघरबाट तराई झरेका स्थानीयलाई सराय नाचको मौलिकता देखाउन रुपन्देहीको बुटवलमा पाल्पाको सराय नाच प्रदर्शन गरिएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ्ग को प्रख्यात वाख्खै सराय नाच बुटवलमा बसाई सरी आएका पाल्पालीका माझ प्रस्तुत गरिएको हो । पछिल्लो समय गाउँघरबाट लोप हुँदै गएको मौलिक सराय नाचको जर्गेनाको लागि हरेका वर्ष बुटवलमा सराय नाच प्रदर्शन गरिँदै आएको छ । पाल्पाका कोट घर, देवी भगवती मान्दिरमा नाच्ने शैलीमै बुटवलको पौवा होटेलमा पञ्चेबाजाको तालमा तरबार, खुँडा,बासको लिङ्गो, ढाल जुधाएर सराय नाच नाचिएको हो ।
पाल्पाको कटौजेपानि कोट घरमा हरेक वर्ष सराय नाच देखाउँदै आएको कालिका युवा क्लब समूहले सराय नाच नाचेर काल संस्कृतिको संरक्षण प्रयास गरेको क्लबका सल्लाहकार कृष्ण बहादुर कार्कीले बताउनुभयो । सराय नाचमा पाल्पा जिल्लाबाट रुपन्देहीका विभिन्न ठाउँमा बसाइसराइ आएका हजारौँ स्थानीयको सहभागिता रहेको थियो ।
पाल्पामा बडादसैँको पूर्णिमाको दिन मात्र देखाइने सराय नाच गाउँघरमा गएको बेला हेर्न देख्न नपाइने तर बुटवलमै ल्याएर सराय देखाउँदा गाउँघरकै झल्को आएको सरायमा पुगेका स्थानीय नागरिकको भनाई थियो ।






प्रतिक्रिया राख्नुहोस्