पुँजीगत खर्चमा सुधार, मंसिरसम्म पुँजीगत खर्च बढेर १०.३२ प्रतिशत पुग्यो

काठमाडौं- पुँजीगत (विकास) खर्चमा सामान्य सुधार आएको छ ।

चालु आर्थिक वर्षको मंसिरसम्म पुँजीगत खर्च बढेर १०.३२ प्रतिशत पुगेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको ५ महिनामा ९.२२ प्रतिशत मात्र पुँजीगत खर्च भएको थियो । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ को ५ महिनामा ३५ अर्ब ९४ करोड रुपैयाँ विकास खर्च भएको छ ।

कोरोना महामारी कायमै रहेका बेला यो वर्ष गत आवको सोही अवधिको तुलनामा १.१ प्रतिशतले पुँजीगत खर्च बढी भएको हो । गत वर्ष यही अवधिमा ३७ अर्ब ५ करोड रुपैयाँ विकास खर्च भएको थियो ।

गत आर्थिक वर्षमा बजेटको आकार १५ खर्ब ३२ अर्ब ९४ करोड रुपैयाँ थियो । बजेटको आकारको तुलनामा गत वर्षको भन्दा यो वर्ष खर्च बढी देखिएको छ । यद्यपी, खर्च रुकमका आधारमा चालु वर्षको भन्दा गत आवको बढी हो ।

पाँच महिनामा करिब २५ प्रतिशत विकास खर्च भइसक्नु पर्ने हो । तर, अहिले पनि १० प्रतिशत हाराहारी मात्रै भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.