गुल्मीमा ट्याक्टर दुर्घटनामा सह–चालकको मृत्यु

 गुल्मी –   गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ कचुर खर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरी वडा कार्यालयतर्फ आउँदै गरेको रा.१ त ३५०२ नम्बरको ट्याक्टर गए राति  दुर्घटनामा परेको हो।

दुर्घटनामा ट्याक्टरका सह–चालक मदाने –१ निवासी १९ वर्षीय मेघराज पुन  गाडीबाट हाम फाल्ने क्रममा करिब ५०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उकालो बाटोमा लोड तान्न नसकी ट्याक्टर ब्याक भएपछि ब्रेकले काम नगरेको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक मदाने – १ निवासी २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट बाँझकटेरीबाट प्रहरी सहायक निरीक्षक छन्द्रविक्रम आचार्यको कमान्डमा टोली खटिएको थियो ।
प्रहरीले शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको बताइएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.