पाल्पा ससुरालीमा आएर लुकेका फरार कैदी मगर पक्राउ

पाल्पा – गत भदौ २४ गते कारागार कार्यालय नवलपरासीबाट भागेका एक जना कैदी आज पाल्पा जिल्लाबाट पक्राउ परेका छन् ।

लागु औषध मुद्दामा कैद भुक्तान गरी रहेका पोखरा महानगरपालिका वडा नं २१ स्थायी ठेगाना भएका २८ वर्षीय श्याम मगर भन्ने समीर गुरुङ पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १० साडिखोला स्थित ससुरालीबाट पक्राउ परेका हुन । उनलाई बिहान ३ बजेर १० मिनेटको समयमा ससुरालीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पाल्पालाई प्राप्त गोप्य सूचनाको आधारमा प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरी टोलीले फरार रहेका मगरलाई पक्राउ गरेको हो । उनी केही दिन अघि मात्र ससुरालीमा आएर बसेका थिए । पाल्पामा दुई महिनाको अवधिमा तीन जना फरार कैदी पक्राउ परि सकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.