खेतान र हुम्यान प्राक्टीस फाउण्डेसनले कोशी प्रदेशमा लगानी गर्ने

धनकुटा-  धनकुटाको सहिद भूमि गाउँपालिका र खेतान फाउन्डेसनबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। आइतबार गाउँपालिकाको तर्फबाट अध्यक्ष मनोज राई र खेतान फाउन्डेसनको तर्फबाट अध्यक्ष निर्मल मान सिंह गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा आधुनिक सुविधा सम्पन्न भवनसहित स्वास्थ्य र रोजगारका क्षेत्रमा काम गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सो कामका लागि गाउँपालिकाको २० प्रतिशत र खेतान फाउन्डेसनको तर्फबाट ८० प्रतिशत लागत साझेदारी रहने उल्लेख छ।

यस्तै साही कार्यक्रममा खेतान फाउन्डेसन र हुम्यान प्राक्टीस फाउन्डेसनबिच कोसी प्रदेशका हिमाली ३ र पहाडी ८ जिल्लामा ३ अर्बको लगानीमा माध्यमिक विद्यालय भवन, आइसिटी तालिम लगायतमा खर्च गर्ने सम्झौता भएको छ। जसमा खेतान फाउन्डेसनको तर्फबाट अध्यक्ष निर्मल मान सिंह र हुम्यान प्राक्टीस फाउन्डेसन म्यानेजिङ डाइरेक्टर पेर्निले क्रुसे मड्सेनले हस्ताक्षर गर्नुभएको हो। कोसी प्रदेशका ११ जिल्लामा हुने काम प्रदेश सरकार तथा खेतान फाउन्डेसन र हुम्यान प्राक्टीस फाउन्डेसनबिच लागत साझेदारी हुने कोसी प्रदेश सरकारको लागत साझेदारी रहने बताइएको छ।

दुवै सम्झौता कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस सम्झौताले कोसी प्रदेशको विकासमा तथा रोजगारीको क्षेत्रमा फड्को मार्ने बताउनु भयो। आगामी पाँच वर्ष भित्र काम सम्पन्न हुने दुवै समझदारी पत्रमा उल्लेख छ।

यसैबिच हुम्यान प्राक्टीस फाउन्डेसन डेनमार्क र खेतान फाउन्डेसनले धनकुटाको सहिद भुमी गाउँपालिकामा रहेको ठाकुर देवी माध्यमिक विद्यालयलाई विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरेका छन्। आइतबार फाउन्डेसनले एक कार्यक्रम आयोजना गरी भवन उद्घाटन गर्दै विद्यालयलाई हस्तान्तरण गरेको छ। कोसी प्रदेशका मुख्यमन्त्री कार्की, हुम्यान प्राक्टीस फाउन्डेसन डेनमार्कको म्यानेजिङ डाइरेक्टर मेडसन र खेतान फाउन्डेसनका अध्यक्ष सिंहले संयुक्त रूपमा गर्नुभयो। करिब ९२ लाख रुपैयाँको लागतमा ८ कोठे दुई तले भवन निर्माणमा पालिकाको १६ लाख रुपैयाँ तथा अन्य खर्च हुम्यान प्राक्टीस फाउन्डेसन र खेतान फाउन्डेसनले गरेका हुन्। सुविधा सम्पन्न सो भवनमा साइन्स ल्याब आइसिटी ल्याब, लाइब्रेरी, बालबालिका बालबालिकालाई सहज हुने गरी कक्षा सञ्चालनको तयारी गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.