आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न

रौतहट- आज मंगलबार छठ पर्वको अन्तिम दिन रहेको छ ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिने छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइन लागिएको हो ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोड्ने छन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
शनिबार दिनभर निराहार व्रत बसेका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई पूजा गरी अर्घ दिएसँगै छठको समापन गर्नेछन् ।
यस पर्वमा बाँसको ढाकी, माटोका सामग्रीहरु, केरा, मौसमी फलफुल, भुसुवा, ठेकुवा, उखु, अदुवा लगायतका विविध मिठाई तथा फलफूल लगायतका प्रसाद चढाइन्छ ।
आज दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा लगायत विषेश गरि मधेम भरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरियो ।।






प्रतिक्रिया राख्नुहोस्