बिद्यार्थीहरुलाई पोसाक प्रदान

नुवाकोट- नुवाकोटको एक विद्यालयमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको छ । यस वाट विद्यार्थीहरूलाई सुविधा पुगेको छ ।
विदुर नगरपालिका–८ हात्तिगौडास्थित सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोही स्थानमा रहेको भैरुम माविमा उच्च शिक्षा अध्ययनरत एक सय जना विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरेको हो । उक्त सहकारीले सहकारीको सातौँ सिद्धान्त ’समुदायप्रति चासो’ अन्तर्गत सो विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का एक सय जना विद्यार्थीहरूलाई एक÷एक थान विद्यालय पोसाक हस्तान्तरण गरेको हो ।
सहकारीले उपलब्ध गराएको पोसाक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई सहकारीका अध्यक्ष गोकर्ण रोक्का, व्यवस्थापक सुदीप श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सबिन श्रेष्ठ, प्रधानाध्यापक शिवराम श्रेष्ठ, १०ं२ का कार्यक्रम संयोजक नारायण श्रेष्ठलगायतले विद्यार्थीहरूलाई एक÷एक सेट पोसाक हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोगले विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद गतिविधिमा थप प्रोत्साहन मिल्ने विश्वास सहकारी र विद्यालयले लिएको छ ।
सहकारीको सातौँ सिद्धान्त ‘समुदायप्रति चासो’ लाई आत्मसात् गर्दै उक्त विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का एक सय जना विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण गरिएको सहकारीका अध्यक्ष गोकर्ण रोक्काले बताउनुभयो । उहाँका अनुसार सहकारी संस्थाले समुदायको दिगो विकासमा टेवा पु¥याउने उद्देश्यका साथ उक्त सामाजिक कार्य गरेको जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्