तिलिचो घुम्न गएका १३ जना अझै बेसक्याम्पमा नै अलपत्र, उद्दारका लागि आग्रह

अलपत्र पर्ने मध्ये ९ जना धादिङ नीलकण्ठका

धादिङ- मनाङ्गको तिलिचो घुम्न गएका धादिङ नीलकण्ठ नगरपालिकाका ९ जनासहित १३ जना नेपाली र दुई जना चिनियाँ नागरिक बेसक्याम्पमै रोकिएका छन् । रोकिएका नेपालीमध्ये एक जनाको खुट्टामा समस्या देखिएकाले उनी तल फर्किन नसकेको प्रहरीले जनाएको छ ।

निरन्तर हिमपातका कारण बाटो अवरुद्ध हुँदा उनीहरू फर्किन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डीएसपी हरि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबै जना हाल सुरक्षित रहेका छन् ।

रोकिएका मध्य धादिङको गंगाजमुना गाउँपालिका-५ का रेशु अधिकारीले आफ्नो १० वर्षीय छोरासहित एउटै पालिकाका नौ जना बेसक्याम्पमै रोकिएको बताए । ‘सानो बच्चा र बाक्लो हिउँका कारण तल झर्न नसकिएको अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार उनीहरू सोमबार साँझ तिलिचो ताल पुगेर फर्किने क्रममा हिमपात सुरु भएपछि बेसक्याम्पमै रोकिएका हुन् । ‘सानो बच्चा छ, खाङसारबाट आउँदा नौ घण्टा लाग्यो । फर्किँदा त १५ घण्टा लाग्छ ।

यस्तो अवस्थामा कसरी जानु र?’ उनले भने, ‘सञ्चार सम्पर्कमा पनि कठिनाइ भइरहेको छ । उनीहरुले सरकारसँग आफुलाई उद्दार गरी सुरक्षित स्थानमा ल्याइदिनका लागि आग्रहसमेत गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.