एकादशीको दिन लाग्ने गङ्गा जमुना माईको मेला सुरु

धादिङ- तेह्र सय वर्ष अघि देखि हरेक वर्ष हरिबोधिनी एकादशीको अघिल्लो दिन देखि लाग्ने उत्तरी धादिङको प्रसिद्ध गंङ्गा जमुना झरनामा हुने मेला हिजोदेखि सुरु भएको छ ।मेला दुई दिनसम्म लाग्ने गरेको छ ।
एकादशीको अघिल्लो दिन देखि पूजा आराधना गरी रातभर जाग्राम बसेर एकादशीको दिन बिहान गङ्गा जमुनाको झरनामा स्नान गरी झरना झरेको पहराको बिचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरी डोली तार्ने, बत्ती सेलाउने गरेपछि यो मेला सकिने गर्दछ ।
गङ्गा र जमुना नामले प्रसिद्ध झरनाको तीन सय मिटर माथिबाट झर्ने झरनामा नुहाए मनले चिताएको पूरा हुने र झरनाको फेदमा रहेको २ वटा कुकुर धारोमा नुहाए रेबिज लगायतको रोग नलाग्ने विश्वास छ ।
यो वर्ष मेला भर्न धादिङ , गोरखा नुवाकोट लगायत विभिन्न जिल्लाबाट भक्तजनहरू आइरहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्