गोरखामा आजबाट कृषि पर्यटन मेला

गोरखा-  गोरखा सदरमुकाममा आजबाट तेस्रो कृषि, पर्यटन तथा व्यापार प्रवर्धन मेला २०८२ सुरु हुने भएको छ । मेलाको आयोजना गोरखा चेम्बर अफ कमर्स र नेपाल ओमन चेम्बर अफ कमर्स गोरखाले आयोजना गरेको हो ।
मेलाको सबै तयारी पुरा भएको गोरखा चेम्बर अफ कमर्स अध्यक्ष राम स्वरूप श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार मेला आउँदो ३० गतेसम्म सञ्चालनमा आउने छ ।
गोरखा नगरपालिका–६ को खेलकुद मैदानमा हुने मेलाको उद्घाटन गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरले गर्ने गोरखा चेम्बर अफ कमर्सले जनाएको छ ।
कार्यक्रम अनुसार पहिलो दिन भोली बिहान ११ विभिन्न जातजातिहरूका कला, संस्कृति झल्कने सांस्कृतिक झाँकीहरू, महिला समूह, सङ्घ संस्थाहरू सम्मिलित झाँकीले गोरखा बजारको परिक्रममा गर्ने छ ।
मेला अवधिभर ३० देखी ३२ हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा करिब ४ करोडको कारोबार हुने अनुमान समेत गोरखा चेम्बर अफ कमर्सले गरेको छ ।
१५० वटा स्टल भएको मेलामा कृषि प्रदर्शनीका लागि १० वटा, होटल तथा रेस्टुरेन्टका लागि ६ वटा र बाँकी अन्य प्रयोजन कालागि प्रयोग हुने भएको छ ।
मेलामा बाल उद्यान, खेल तथा मनोरञ्जन, पिङका साथै कृषि उपज, घरेलु उत्पादन, हस्तकला, प्रविधि, पर्यटन तथा सेवा क्षेत्रका बस्तुहरू राखिने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.