बारामा अविरल वर्षाले १५ करोडको क्षति, क्षतिपूर्तिका लागि किसानको अपिल

बारा – बाराको बारा गढी गाउँपालिका मलाहीका निम्न वर्गीय परिवारकी राज मति सहनीको कार्तिक १३ देखि तीन दिन परेको अविरल वर्षाले मन्सुली धान लडेर क्षति पुगेपछि अहिले रुवावासी चलेको छ ।
यस अघि असोज १७ देखि परेको अविरल वर्षा र अहिलेको गरी दुई वर्षाले धान बालीमा ठुलो क्षति पुगेपछि बिरामी राज मति धान बचाउन सकिन्छ कि भनेर उठाउने प्रयासमा लागेको बताउँदै नेपालमा सरकार भए किसानको समस्या यसरी हेरेर बस्थ्यो र अब हामी जस्ता अर्काका खेती गरेकाले के खाने चिन्ताले सताएपछि नचाहेर पनि रुन मन लागेको उनको भनाई छ ।
जिल्लामा राज मति जस्तै सयौँ किसानको पिडा उस्तै छ अर्का किसान सङ्गीता माझी भन्नुहुन्छ ।
बारामा शुरुमा पानी नपरेर खडेरी लागेको र हाल आएर दुई दुई पटक अविरल वर्षाका कारण बारामा धेरै किसानको १५ करोड बढीको क्षति पुगेको कृषि ज्ञान केन्द्र बाराका कृषि अर्थ विज्ञ एवम् सूचना अधिकारी गणेश महराले जानकारी दिनु भएको छ ।
सूचना अधिकारी महराले किसानको क्षति र समस्या देखेर नै सरकारलाई क्षतिको तथ्याङ्क पटाइसकेकोले क्षतिपूर्ति उपलब्ध हुने विश्वास गर्दै समग्र धान बालीमा सात प्रतिशतसम्म उत्पादन बारामा घट्ने आङ्कलन भएको बताउनु भएको छ ।
लगातार दुई पटक परेको पानीले विशेष गरी अरूको जग्गा भाडामा लिएर खेती गरेका किसानलाई बढी नोक्सान गरेको छ । सरकारसँग आफूहरूको आवाज नपुगेकोले क्षतिपूर्तिका लागि उनीहरूले सहयोगको अपिल गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.