रास्वपा परित्याग गरेका परियार नयाँ दल गठन गर्ने तयारीमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ ।

नेता परियारसहितका नेताहरू अब नयाँ दल खोल्ने तयारीमा जुटेको बताइएको छ । नयाँ दल गठनका लागि प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेत्री मानुषी भट्टराईलगायत नेतासँग परामर्श भइरहेको परियारले जनाउनुभएको छ ।

नयाँ दल गठन गर्ने तयारी भइरहेको र नेतृत्वबारे टुङ्गो नलागेको भन्दै परियारले त्यसमा आफूलगायत प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती, मानुषी यमी भट्टराईलगायत रहने जानकारी दिनुभयो ।

यसअघि उहाँले आजै प्रगतिशील राष्ट्रिय अभियानका नेता शर्मासँग पनि छलफल गर्नुभएको थियो ।

डा बाबुराम भट्टराईकी छोरी मानुषी भट्टराईले पनि आफूहरू राजनीतिको पुनःगठनका लागि छलफलमा जुटेको पुष्टि गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.