जलविद्युत आयोजना अगाडि नबढाउन स्थानीयको दबाव

लमजुङ- लमजुङको बेसीशहरमा निर्माण शुरु भएको ५० मेगावाट मर्स्याङ्ग्दी बेशी जलविद्युत आयोजनाको स्थानीयले विरोध गरेका छन।

आयोजना निर्माण हुन नदिने एक सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको मर्स्याङ्ग्दी बचाऔँ संघर्ष समितिले लमजुङ सदरमुकाम बेसीशहरमा विरोध र्‍याली निकालेको हो।

स्थानीयले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी पनि गरेका थिए ।

संघर्ष समितिका संयोजक रामबहादुर थापाले बेसीशहरको धार्मिक, सांस्कृतिक र पर्यावरणमा असर गर्ने सो आयोजना कुनै हालतमा बन्न नदिने दाबी गर्नुभयो ।

संघर्ष समितिले विभिन्न चरणमा सरोकारवालाहरुसँग छलफल, ध्यानाकर्षणसहित आयोजना विरुद्ध हस्ताक्षर संकलन अभियान पनि शुरु गरेको छ । सदरमुकाम बेसीशहरका विभिन्न सात स्थानमा हस्ताक्षर संकलन थालिएको संघर्ष समितिका सचिव सुरेश कुमार प्रधानले बताउनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.