देशभर ७ लाख भन्दा बढी नयाँ मतदाता थपिए

मंसिर २१ देखि २७ गतेसम्म त्रुटी सच्याउन पाइने

काठमाडौँ- नयाँ मतदाता नामावली सङ्कलनको म्याद आज सकिएको छ ।

निर्वाचन आयोगले सात लाख भन्दा बढी मतदाता थपिएको जानकारी दिएको छ । यसपटक निर्वाचन आयोगले अनलाईनमार्फत पनि नाम दर्ता गर्न सकिने व्यवस्था गरेको थियो ।

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि नाम दर्ता गराएका मतदाताहरुले मंसिर २१ देखि २७ गतेसम्म आफूले भरेको तथ्याङ्क गलत भए सच्याउन निवेदन दिनसक्ने जनाएको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै मंसिर २० गते मतदाताको नामावली प्रकाशन हुने र नामावलीमा कुनै त्रुटि भएमा सच्याउन सकिने जनाएको हो ।

यसैगरी, आजसम्ममा ३७ दलले निर्वाचनमा सहभागी हुन दल दर्ताको लागि निवेदन दिएका छन्। दल दर्ता गर्नुपर्ने अवधि यही मंसिर १० गतेसम्म रहेको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेले भने हालसम्म निर्वाचनमा सहभागी हुन निवेदन दिएका छैनन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.