रौतहटमा घरमै गाडिएको अबस्थामा महिलाको शव प्राप्त

रौतहट- रौतहटको वृन्दावन नगरपालिका-९ भुसाहामा एक महिलाको हत्या भएको छ।

स्थानीय शेख आदिलकी २५ वर्षीया श्रीमती तरिमा खातुनको शव घरभित्रै भुसको थुप्रोभित्र गाडिएको अवस्थामा फेला परेको हो । घरभित्रै शव गाडिएको भेटिएपछि गाउँभर त्रास फैलिएको छ।

घरबाट लगातार दुर्गन्ध आएपछि प्रहरीलाई स्थानीयल खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले भुसका थुप्रामुनि खाडल खनेर लुकाइ राखिएको अवस्था मै शव बरामद गरेको हो।

प्रहरीका अनुसार मृतकका श्रीमान शेख आदिल वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन्।

तर घटना सार्वजनिक हुनासाथ खातुनका ससुरा शेख अली मोहम्मददेखि घरका सबै सदस्य डेढ वर्षीय नाति मोहम्मद आरिफसमेत लिएर फरार रहेको पुष्टि भएको छ।

परिवारकै सबै सदस्य एकैचोटि बेपत्ता भएको र शव क्षत-विक्षत अवस्थामा भेटिएको कारण घटना एक व्यक्ति होइन, योजनाबद्ध समूह संलग्नतामा भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रबिन कार्कीले घटना योजनाबद्ध रुपमा घटाइएको प्रारम्भिक अनुसन्धानले देखिएको बताउनुभयो।

विवाहपश्चात वर्षौंदेखि त्यही घरमा बस्दै आएकी तरिमाको विभत्स हत्या र घरमै गाडिएको तथ्य सार्वजनिक भएपछि गाउँ स्तब्ध छ।   शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ।

प्रहरीले फरार व्यक्तिहरूको खोजी तीव्र पारेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.