डोटीमा १८ सय ६२ नयाँ मतदाता

डोटी – निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पुगेका नेपाली नागरिकता प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि निर्वाचन कार्यालयमा डोटीमा उपस्थित भएर ५८३ र मतदाता परिचयपत्रका लागि अनलाइन प्रणाली बाट विवरण भर्न पाउने र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकको आधारमा १ हजार २ सय ७९ जना गरी जम्मा १ हजार ८ सय ६२ नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय डोटीका कार्यालय प्रमुख करुणा कर पन्तले जानकारी बताउनु भयो ।
अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता परिचयपत्र बनाउन निर्वाचन आयोगले असोज १० गते देखी मङ्सिर ०५गते सम्म मतदान नामावली सङ्कलन आवेदन आह्वान गरेपछि डोटीमा सो सङ्ख्यामा मतदाता थपिएका हुन । १ हजार ८ सय ६२ मतदाता थपिए संगै डोटी जिल्लामा हाल सम्म कुल मतदाताको सङ्ख्या १ लाख २९ हजार ९ सय ६३ पुगेको छ । जसमा महिलाको सङ्ख्या ६७ हजार ५सय २६ र पुरुषका सङ्ख्या ६२ हजार ४ सय ३७ जना रहेको कार्यालय प्रमुख पन्तले बताउनु भयो ।
मतदाता नामावली दर्ता सँगै त्रुटि सच्याउने र मतदाता केन्द्र परिवर्तन गर्ने कार्य समेत भइरहेको उहाँले बताउनुभयो । पहाडी जिल्ला बाट बसाइसराइ गर्नेको सङ्ख्या बढिरहेको समयमा यो सङ्ख्यामा मतदाता थपिनु उत्साहजनक रहेको उहाँको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्