स्याङ्जामा भारतीय नम्बर प्लेटको कार दुर्घटना, ३ जना घाइते

स्याङ्जा- सिदार्थ राजमार्ग अन्तर्गत स्याङजाकाे गल्याङ नगरपालिका ३ बरनडाँडा खाेलामा भारतीय  mh04mn0793  नम्वरकाे कार दुर्घटना भएकाे छ ।

दुर्घटनामा परी ३ जना घाइते भएका छन भने एक जनाकाे अबस्था गम्भीर रहेकाे छ ।

बिहान करिब ५ बजेकाे समयमा बुटवलबाट पाेखरा जाँदै गरेकाे कार दुर्घटनामा परेकाे हो।

खाेलामा पानी लिन गएका स्थानीयले दुर्घटना भएकाे देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गल्याङ चाैकिवाट खटिएका प्रहरी र स्थानीयकाे प्रयासमा घाइतेहरुको उद्धार गरी थप उपचारकाे लागि गल्याङ नगर अस्पताल लगिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.