योजना अलपत्र पार्ने कम्पनीलाई तानसेन नगरपालिकाले अब कालो सुचीमा राख्ने

पाल्पा- वर्षों देखि योजनाको काम अलपत्र पार्ने निर्माण कम्पनीलाई पाल्पाको तानसेन नगरपालिकाले कालो सुचीमा राख्ने भएको छ ।
नागरिक प्रति जबाफदेही र पारदर्शी शासन व्यवस्था कायम गर्ने उद्देश्यका साथ कार्यपालिका बैठकको निर्णयबाट कालो सुचीमा राख्ने तयारी थालिएको हो । समयमा काम सम्पन्न नगरेका कारण सार्वजनिक खरिद नियमावलीअनुसार कालोसूची प्रक्रियामा लैजाने तयारी थालिएको नगरपालिकाले जनाएको छ । यसअघि समेत योजनामा अनावश्यक ढिलाइ र जनहितमा बाधा पुर्याएको जन गुनासोको आधारमा ठेकदारहरूलाई चेतावनी दिइएको थियो ।
नगर प्रवक्ता यादवसिंह कार्कीका अनुसार पारदर्शिता र सुशासनलाई मजबुत बनाउन काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीको दायरमा ल्याउने तयारी गरिएको बताउनुभयो ।
नगरपालिकामा आर्थिक वर्ष २०८२\ ८३ मा चार वटा योजनाको काम निर्धारित समयमा पुरा हुन सकेका छैन । ती योजनाको काममा अधिकतम २०० दिनसम्म समय म्याद थप गरिएको छ । जसमध्ये सडक सुदृढीकरण, ढलान सुधार, नाली तथा भवन आसपासको सडक निर्माण लगायतका योजना रहेका छन् ।
केही निर्माण कम्पनीहरूले सम्झौताअनुसार काम नगर्दा प्रभावित स्थानीय नागरिकले दैनिक सास्ती भोग्दै आएका छन् ।






प्रतिक्रिया राख्नुहोस्