युएनआई महिला समितिले निकाल्यो काठमाडौँमा र्‍याली

काठमाडौँ- ‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ ‘ भन्ने मुल नाराकासाथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसर पारेर युएनआई नेपालको महिला समितिले आज काठमाडौँमा र्‍याली तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्‍यो ।
अन्तर्क्रिया कार्यक्रममा नेपाली काँग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले प्रविधिका कारणले बढ्दै गएको लैंगिक हिंसालाई घटाउन प्रविधिको प्रयोग बुझेर र आवश्यकता अनुसार मात्र गर्न सुझाव दिनुभयो। उहाँले नेपालमा नबुझेरै कतिपय मानिसले इन्टरनेटको गलत प्रयोग गर्दा हिंसाको शिकार भएको उल्लेख गर्नुभयो ।
युएनआई एशिया-प्रशान्त क्षेत्रका महासचिव राजेन्द्र आचार्यले संसारभर प्रविधिका कारणले भएका हिंसाका घटनालाई कम गराउन ठूलो चुनौति रहेको उल्लेख गर्नुभयो ।
युएनआई महिला समितिकी अध्यक्ष भगवती खड्काले नेपाली महिलाहरु खासगरी श्रमिक महिलाहरुको हक अधिकारको विषयमा कुरा उठाउँदा प्रविधिले निम्त्याएको समस्यालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.