प्रसिद्ध तलेजुको पुनर्निर्माण जारी

नुवाकोट-  नुवाकोटको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय तलेजु भवानीको मन्दिर पुनर्निर्माण भइरहेको छ । गत २०७२ सालको विनाशकारी भूकम्पले नुवाकोट टाकुरोमा रहेको तलेजु (तुलजा) भवानी मन्दिरसहितको संरचना ध्वस्त पारेको थियो ।

विदुर नगरपालिका–२ मा रहेको मल्लकालीन सम्पदा तलेजु (तुलजा) भवानी मन्दिरको पुनर्निर्माण भइरहेको छ । गत २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको उक्त मन्दिर चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ ।

चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजमार्फत क्षतिग्रस्त संरचना हटाई हाल जगसतह सुरक्षित बनाउने कार्य भइरहेको विदुर नपाका मेयर राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार  गत महिनादेखि तलेजु र सात तले दरबारको भूकम्पले क्षतिग्रस्त बनेका संरचना हटाई नयाँ निर्माण प्रारम्भ गर्नुअघि जग सतहको ‘भूमिको क्षमा पूजा’ गरेर पुनः निर्माण कार्य प्रारम्भ गरिएको थियो ।

नुवाकोट दरबार र तलेजु भवानीको मन्दिरको जारी रहेको पुनर्निर्माण कार्यको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठसहितको प्राविधिक टोलीले स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ । गत महिना भूमि पूजा गरेर सुरु भएको सात तले दरबार, तलेजु भवानी (तुलजा) मन्दिरको जग–सतहको संरक्षणको लागी अहिले जोखिम रहेको स्थानहरूमा पिलर निर्माण सहितको संरचना निर्माणका कार्य भइरहेको छ ।
अवलोकन एवं निरीक्षणको क्रममा ’चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’का प्राविधिक प्रतिनिधिहरू,  नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डेलगायत स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । सात तले दरबार, तलेजु भवानी (तुलजा) मन्दिरको जग–सतहको संरक्षणको लागी अहिले जोखिम रहेको स्थानहरूमा पिलर निर्माण सहितको संरचना निर्माणका कार्य भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.