भक्तपुरमा ३५ हजार बढी विद्यार्थी लक्षित विद्यालय स्तरीय मुटु परीक्षण शिविर सञ्चालन हुँदै

भक्तपुर –  संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि चार दिने मुटु परीक्षण शिविर सञ्चालन हुने भएको छ । मित्रराष्ट्र चीनको युनान प्रान्तस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूको सहभागितामा शिशु कक्षादेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको मुटु परीक्षण गरिने भक्तपुर नगरपालिकाले जनाएको छ ।

शिविर सञ्चालनबारे विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपलहरूको भेला सम्पन्न पनि सम्पन्न भइसकेको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुर नगर प्रगतिको मार्गमा अगाडि बढिरहेको भन्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक र निजी विद्यालयहरू शैक्षिक गुणस्तरमा समान रूपमा अगाडि बढिरहेको बताउनु भयो । प्रत्येक नागरिकलाई स्वस्थ बनाउने लक्ष्यसहित स्वास्थ्य क्षेत्रमा विशेष जोड दिइएको उहाँको भनाइ छ ।

यसैबिच जापान सरकारको प्राविधिक सहयोगमा श्वासप्रश्वास पुनः स्थापना केन्द्र सञ्चालन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

भक्तपुरलाई व्यवस्थित उपचार सुविधा भएको र स्वस्थ नागरिक बसोबास गर्ने नगर बनाउने दीर्घकालीन सोच रहेको नगरपालिको जनाएको छ ।

शिविरमा करिब ३५ हजार ८ सय ८० जना विद्यार्थी सहभागी हुने वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताउनुभयो । शिक्षा र स्वास्थ्यलाई एउटै सिक्काका दुई पाटा भन्दै बालबालिकाको मुटु परीक्षणले सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने नगर शिक्षा शाखा प्रमुख साधुराम फुयाँलले बताउनुभयो ।

चीनको खुनमिङ चिकित्सा विश्वविद्यालयमा जनस्वास्थ्य विषय अध्ययनरत कृष्ण गुरुले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै मुटु परीक्षण गरिएका विद्यार्थीहरूमध्ये गम्भीर समस्या देखिएकाहरूलाई निःशुल्क उपचारको व्यवस्था गरिने जानकारी दिनुभयो ।

चार दिने यो मुटु परीक्षण शिविरले बालबालिकाको स्वास्थ्य अवस्थाको प्रारम्भिक पहिचान गर्दै भविष्यमा हुने जटिल मुटु रोगबाट जोगाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

शिविर पुस ८, ९, १० र ११ गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.