‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’

काठमाडौँ-  होटल तथा रेष्टुरेण्टका सञ्चालक तथा कर्मचारीले खाद्य सुरक्षा र स्वच्छतलाई ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्ड, युएनडिपी दिगो पर्यटन विकास परियोजना र रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल ९रेवान० को आयोजनामा गरिएको खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी कार्यक्रमका वक्ताले होटल र रेष्टुरेन्टले खाद्य सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

रेवानका अध्यक्ष सङ्घर्ष विष्टले होटल तथा रेष्टुरेण्टबाट प्रदान गरिने खानालाई कसरी सफा, सुरक्षित र स्वास्थ्यका लागि उपयोगी बनाउन सकिन्छ भन्नेबारे होटल र रेष्टुरेण्टका व्यवसायीलाई रेवानले विभिन्न समयमा क्षमता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गर्दैै आइरहेको जानकारी दिनुभयो ।

“होटल तथा रेष्टुरेण्टमा पाक्ने खानालाई ब्याक्टेरिया, भाइरस, रसायन वा अन्य दूषित पदार्थबाट मुक्त राख्नु सिकाउनु, राम्रो गुणस्तर कच्चापदार्थ प्रयोग गर्न सिकाउनु, खाना पकाउँदा र खाँदा सफाइमा ध्यान दिनु अहिलेको मुख्य आवश्यकता होे”, उहाँले भन्नुभयो ।

बिहीबारदेखि सुरु भएको क्षमता अभिवृद्धि तालिमका प्रशिक्षक फुड साइन्टिट्स डा हुमा बुकिम, फुड टेक्नोलोजिष्ट सञ्जय भण्डारी, नवीन कर्माचार्य र प्रेमबहादुर क्षेत्रीले पकाएको र कच्चा खानालाई छुट्टाछुट्टै राख्ने, म्याद सकिएको खाना नखाने, उचित तापक्रममा भण्डारण गर्ने, खाना पकाउनु अघि र खाँदा साबुनले हात धुने, किचन सफा राख्ने, खाना ढाकेर राख्नेलगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमका संयोजक सचिन कर्माचार्यले होटल तथा रेष्टुरेण्टमा कार्यरत कर्मचारीलाई थप अब्बल बनाउनका लागि तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले रेवानले आगामी दिनमा नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, तनहुँको बन्दिपुरमा होटल तथा रेष्टुरेण्टमा आबद्ध व्यवसायी तथा कर्मचारीलार्ई तालिम प्रदान गरिने जानकारी दिनुभयो ।

कार्यक्रमका रेवानका कोषाध्यक्ष एवं सहसंयोजक विप्लव भट्टले दुई दिनसम्म सिकेको सिकाइलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खाद्य सुरक्षा र स्वच्छताले मानिसलाई स्वस्थ्य राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले हेलचक्र्याई नगर्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

रेवानले काठमाडौँ उपत्यकाभित्र सञ्चालित २६० होटल तथा रेष्टुरेण्टका सञ्चालक तथा कर्मचारीलाई खाद्य सुरक्षा र स्वच्छतासम्बन्धी तालिम प्रदान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.