एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी

काठमाडौँ, ८ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनको सन्देशबारे पार्टीका प्रदेश र जिल्ला नेतृत्वलाई जानकारी गराएको छ ।
एमालेका महासचिव शङ्कर पोखरेलले आज ‘भर्चुअल’ बैठक आयोजना गरी महाधिवेशनले एमाले र राजनीतिक दलप्रति जनतामा विश्वास पुनःजागृत भएको र पार्टीको आन्तरिक लोकतन्त्र थप मजबुद हुँदै गएको सुनाउनुभयो ।
उहाँले सुरक्षाको प्रत्याभूति र वर्तमान सरकार गठनको संवैधानिक परीक्षण पूरा नभएसम्म अहिले यथास्थितिमा फागुन २१ मा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचत सुनिश्चित नभएको पनि बताउनुभयो ।
उहाँले पार्टी र पार्टीका नेतृत्वविरुद्ध अनेक षड्यन्त्र भएको जनाउँदै त्यसको प्रतिवादका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.