सुनको मुल्य हालसम्मकै उच्च

काठमाडौँ- पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्य बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १ र त्यति नै परिमाणको चाँदीको चार हजार ४ सय २० रुपैयाँमा कारोवार भइ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
दुवै धातुको मूल्य हालसम्मको उच्च हो । हिजो एक तोला सुनको मूल्य दुई लाख ६७ हजार २ सय र चाँदी चार हजार २ सय ५५ रुपैयाँमा किनबेच भएको थियो । अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५ सय २५ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।।






प्रतिक्रिया राख्नुहोस्