नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सानेपामा

काठमाडौँ- नेपाली काँग्रेस केन्द्रीय कार्य कार्य सम्पादन समितिको बैठक अहिले बसेको छ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समसामयिक राजनीतिक विषयमा विषयबस्तुहरु प्रस्तुत गर्नुभएको छ ।
नेपाली काँग्रेसले पार्टीको महाधिवेशन र प्रतिनिधि सभा निर्वाचन दुबै विषयलाई लिएर छलफल अघि बढाउने नेताहरुले बताएका छन । यसैगरी राष्ट्रिय सभा निर्वाचनमा उमेद्वार छनौटको विषयमा पनि बैठकमा छलफल हुने छ।
काँग्रेसले क्रियाशील सदस्यता नविकरणका लागि दिएको समयसीमा सकिएसँगै थप गरेर नयाँ सीमा तोक्ने तयारी पनि गरेको छ ।
नेपाली काँग्रेसले यही पुष २६ गतेदेखि पार्टीको १५औँ महाधिवेशन काठमाडौँमा गर्ने गरी तयारी गरिरहेको छ ।।






प्रतिक्रिया राख्नुहोस्