समानुपातिक उम्मेद्वार छनौट र राष्ट्रिय सभा निर्वाचनमा केन्द्रीत बैठक भोलि फेरि बस्ने

काठमाडौँ- नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि फेरि बस्ने गरी आजलाई सकिएको छ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्द सूची बुझाउने र यसका लागि पार्टीको उमेद्वार छान्ने विषयमा छलफल भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

यसैगरी, प्रदेश सभातर्फको बन्द सूचीमा नाम रहेका तर अब प्रतिनिधि सभामा निर्वाचन लड्न चाहाने नेताहरुको नाम प्रदेश सभाको समानुपातिक सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।

नेपाली काँग्रेसका प्रदेश सभा समानुपातिकतर्फ बन्द सूचीमा नाम रहेका १९ जना नेताहरुको नाम बन्द सूचीबाट हटाउने निर्णय काँग्रेसले गरेको हो ।

प्रवक्ता महतका अनुसार राष्ट्रिय सभाको निर्वाचनमा उमेद्वार बनाउने विषयमा पनि आज छलफल भयो । तर कुनै निर्णयहरु भएन । यसैगरी, पार्टीका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन तयारी र क्रियाशील सदस्यता नविकरणको विषयलाई बैठकमा राख्नुभएको थियो।

यी सबै विषयमा विस्तृतमा छलफल गर्न फेरि भोलि विहीबार दिउँसो १ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने प्रवक्ता डा महतले जानकारी दिनुभएको छ।

नेपाली काँग्रेसले यही पुष २६ गतेदेखि पार्टीको १५औँ महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.