सामाजिक सद्भाव कायम राख्न पर्साका नागरिकलाई स्थानीय प्रशासनको आग्रह

पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको छ ।

आज वीरगञ्जमा भएको प्रदर्शनलाई मध्यनजर गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्नका लागि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सार्वजनिक अपिल गनुभएको हो ।

उहाँले सामाजिक सद्भावनामा खलल पुर्‍याउने कुनै पनि खालको गतिविधि नगर्न आह्वान गर्नुभएको छ ।

एक अर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेषभाव सृजना गरी राष्ट्रिय एकतामा आँच पुर्‍याउने वा झुठा अफवाह फैलाई समुदायको सामाजिक मानमर्दन गर्ने कार्यमा संलग्न व्यक्तिहरुको फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतको सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेको उहाँको भनाइ थियो ।

समाजिक संजालमार्फत गरिने त्यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिई सचेत र सजग हुन पनि स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

धनुषाको घटनालाइ लिएर प्रदर्शनमा उत्रिएका केही व्यक्तिले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।

घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कारवाहीका लागि दावाव दिन गरिएको प्रदर्शन अहिले रोकिएको र स्थिति सामान्य भइसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.