बन्द सत्रमा सहभागी हुन सभापति देउवा भृकुटीमण्डप जाने कार्यक्रम छैन -सचिवालय

काठमाडौँ- नेपाली काँग्रेस सभापति शेर बहादुर देउवाको सचिवालयले सभापति देउवा भृकुटी मण्डपमा जारी काँग्रेसको विशेष अधिवेशनमा सहभागी नहुने स्पष्ट पारेको छ ।
सभापति देउवाको सचिवालयले एक सूचना मार्फत सभापति देउवा उक्त कार्यक्रममा सहभागी हुने कार्यक्रम नरहेको स्पष्ट पारेको हो।
”सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सुचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ। उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं। सभापति देउवाका निजी सचिव भानु देउवाले जारी गरेको सूचनामा भनिएको छ ।






प्रतिक्रिया राख्नुहोस्