त्रिपक्षीय वार्ता भइरहेको छ, आज रातभरीमा सहमतिमा पुग्छौँ-श्याम घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले त्रिपक्षीय वार्ताबाट आज रातभरीमा सहमतिमा पुग्ने बताउनु भएको छ । बार्ता जारी रहेपनि अहिलेसम्म कुनै निष्कर्ष नआएको घिमिरेले बताउनुभयो ।

ललितपुरको सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जारी वार्ताको निष्कर्ष नआएकै करण अहिलेसम्म केन्द्रीय समिति बैठक बस्न नसकेको उहाँले बताउनु भयो ।

‘वार्तास्थलबाट अहिलेसम्म कुनै खबर आएको छैन । वार्ता चलिरहेको छ, निर्वाचनको प्रक्रिया पनि रोकिएको भन्ने छ। वार्ताले आकार लिन्छ भन्ने विश्वास छ, आज रातभरि सहमतिमा पुग्छौँ । वार्ता सकारात्मक भएको बुझेका छौँ।’ घिमिरेले भन्नुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.