काँग्रेस कार्य समिति बैठक भोलि विहान बस्ने

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि गरिने निर्वाचन पनि भोलिलाई सर्‍यो

काठमाडौँ- नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक भोलि विहान ८ बजे बस्ने गरी स्थगित भएको छ ।

विहान ११ बजेका लागि बोलाइएको बैठक दिउसो पटक पटक सरिदै आएको थियो ।

साझ अबेर केही बेरमात्रै बसेको बैठक भोलि सम्मका लागि स्थगित गरिएको हो।

कार्यवाहक सभापति ब्यस्त भएपछि उपसभापति धनराज गुरुङले वेलुका ७:३० मा  बैठक सञ्चालन गरि भोलि बिहान ८ बजे पुन: केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी गराउनु भएको थियो ।

नेपाली काँग्रेसको दोस्रो विशेष अधिवेशनपछिको विकासित घटनाक्रमपछि पार्टीमा हुन सक्ने क्षति रोक्ने विषयमा आज दिनभर जसो सहमातिका विभिन्न विकल्पहरुमा त्रिपक्षीय छलफल जारी रहेपछि बैठक प्रभावित भएको थियो ।

त्रिपक्षीय छलफलपछि पुगिने निश्कर्ष एवम जुटने सहमति र विशेष अधिवेशनबाट पारित महामन्त्रीद्वयको प्रतिवेदनहरुलाई केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्ने गरी शीर्ष नेताहरुबीचको सम्वाद अहिले पनि भइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.