आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

२७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस अवसरमा संघ, प्रदेश र स्थानीय तहले मिलेर विभिन्न जोखिम न्यूनीकरण सम्बन्धि कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् । मूल समारोह काठमाडौंको खुला मञ्चमा हुनेछ । यस अवसरमा भूकम्प सुरक्षा प्रदर्शनी, सेमिनार, अन्तरक्रिया, सडक नाटक, र्याली, आयोजना गरिँदै छ ।
यस वर्षको नारा “सबै तहका सरकार, सबै नागरिकको तयारी; भूकम्प उत्थानशील नेपाल-अबको जिम्मेवारी ” तय गरिएको छ । यो नारा विपद् जोखिम न्यूनीकरण र तयारीमा सरकारका साथै सर्वसाधारणको साझा दायित्वलाई जोड दिन बनाइएको हो । भूकम्प सुरक्षा दिवस वि.सं. १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्प को स्मृतिमा हरेक वर्ष मनाइँदै आएको हो । २०५५ सालदेखि राष्ट्रियस्तरमा मनाउन थालिएको यो दिवसले भूकम्प प्रतिरोधी संरचना, जोखिम न्यूनीकरण तथा आपतकालीन तयारीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्