देउवा नेतृत्वको काँग्रेसले आधिकारिकता नपाए देशभर आन्दोलन गर्ने खड्काको चेतावनी

काठमाडौँ- नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नाममा भएको भेला अबैध भएको भन्दै काँग्रेस विभाजन नभएको दावी गर्नुभएको छ ।

आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति खड्काले काँग्रेसको आधिकारिकताको विषयमा कुनै विवाद नभएको र १४औँ महाधिवेशनबाट निर्वाचित शेरवहादुर देउवा नेतृत्वको कार्यसमिति मात्र आधिकारिक भएको दावी गर्नुभयो ।

उहाँले कथमकदाचित काँग्रेसलाई कमजोर पार्न पार्टी विभाजनको नाममा नेपाली काँग्रेसको आधिकारिकता आफूहरुले नपाए देशैभर शशक्त आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो ।

नेता खड्काले निर्वाचन आयोगमा आफूहरुले पार्टीको सबै विषय जानकारी गराएको र देउवा नेतृत्वको काँग्रेस बाहेक अन्य कसैलाई पनि काँग्रेसको आधिकारिता दिन नमिल्ने स्पष्ट पारिसकेको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसले विशेष महाधिवेशनमार्फत गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेसँगै पार्टीभित्रको विवाद चुलिएको हो ।

काँग्रेसका बहुमत महाधिवेशनको हस्ताक्षरसहित बिशेष महाधिवेशन सम्पन्न भएको भन्दै थापा पक्षले हिजो नै निर्वाचन आयोगमा आफुहरु आधिकारिक भएको पत्र दर्ता गराइसकेको छ ।

गगन थापा सभापति भएको काँग्रेस र शेरबहादुर देउवा सभापति भएको काँग्रेसको अलग-अलग पत्र निर्वाचन आयोगमा दर्ता भएपछि काँग्रेसको आधिकारिकताको विषयमा निर्वाचन आयोगले निर्णय गर्नुपर्ने अवस्था आएको छ।

निर्वाचन आयोगले छिट्टै विधि र पद्धतिको आधारमा काँग्रेसको विवाद किनारा लगाउने जानकारी दिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.