नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने सर्वोच्चको फैसला उल्टियो

काठमाडौँ- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाकका बागमती र यसका अरु सहायक नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने यस अघिको फैसला उल्ट्याइदिएको छ ।

न्यायाधीशहरु सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको आज बसेको इजलासले यसअघिको संयुक्त इजलासको फैसला उल्टाएको हो । आजको पूर्ण इजलासले यसअघिको फैसला पुनरावलोकनमा गएको तत्कालीन सरकारको निवेदनमाथि सुनुवाई गर्दै यो आदेश दिएको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको भ्याकेटको निवेदनमाथि आज सुनुवाइ भएको थियो । काठमाण्डौं उपत्यकाको वागमती, विष्णुमतीलगायत नदी किनारामा २०–२० मिटर खाली छाडेर संरचना निर्माण गर्नुपर्ने २०८० पुस २० मा फैसला गरेको थियो ।

सो फैसलाले काठमाडौं उपत्यकाका लाखौँ मान्छे विस्थापित हुने भन्दै काठमाडौँवासीले आन्दोलन समेत गर्दै आएका थिए । उक्त फैसलाविरुद्ध सरोकारवालाहरुले आज पनि माइतीघरमा प्रदर्शन गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.