राजीनामा दिदै प्रतिनिधि सभामा उम्मेदवार बन्दैं प्रदेश र स्थानीय तहका जनप्रतिनिधि

महेन्द्रनगर–  प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु प्रतिनिधि सभाको टिकट लिदै चुनावी मैदानमा उत्रिनु भएको छ ।
काठमाडौँ महानगरपालिका मेयर बालेन शाह, भरतपुर महानगरपालिका मेयर रेणु दाहाल र धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ लगायतका स्थानीय तहका प्रतिनिधि सभा निर्वाचनको चुनावी कार्यक्रम सुरु गर्नु भएको छ ।
आज मात्र प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ ।
जनकपुरधामस्थित मधेस प्रदेशसभा कार्यालयमा प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष पूर्वमुख्यमन्त्री सिंहले राजीनामा पत्र बुझाउनुभएको हो । मधेस प्रदेशसभाको प्रदेशसभा सचिवालयमा पेस गरिएको राजीनामा पत्रमा उहाँले नेपालको संविधान २०७२ को धारा १८० (क) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८४ (१) बमोजिम प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।
जनमत पार्टीबाट सप्तरीको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित सिंहले आजैदेखि लागू हुनेगरी राजीनामा दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.